भारतीय रियालीटी शो 'बिग बोस' प्रतियोगी स्वामी ओमजी माहाराजलाई दिल्ली प्रहरीले बुधबार पक्राउ गरेको छ। उनलाई चोरी आरोपमा दिल्ली प्रहरी अपराध शाखाले पक्राउ गरेको भारतीय सञ्चारमाध्यममा खबर छ। उनीमाथि चोरीको लागि अर्काको घरमा जवरजस्ती छिरेको र हतियार राख्ने जस्तो आरोप लागेको छ।
९ वर्षअघि उनको आफ्नै भाई प्रमोद झाले पसलबाट साइकल र महत्वपुर्ण कागजात चोरी गरेको आरोप उनीमाथि लगाएका थिए।
प्रमोदले ९ वर्षअघि नै चोरी विषयमा प्रहरीमा उजुरी दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
बिग बोसको १० सिजनमा स्वामी ओमजी निकै विवादमा घेरिएका थिए। उनले शो को समयमा आफुलाई भगवान बताएका थिए। उनले आफु पानीमाथि हिँड्न सक्ने र आफ्नो साधनाको कारण यस्तो भेषभुषा धारण गरेको बताएका थिए।
बिग बोसमा उनले आफ्ना प्रतिद्वन्दीमाथि पिसाव फ्याकेका थिए। जसका कारण उनी शो बाट आउट भएका थिए।