नेपालले एएफसी युथ–२३ छनोटअन्तर्गत घरेलु युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध पहिलो हाफमा ४ गोल खाएको छ।
हाल युएईमा भइरहेको खेलमा नेपालले ३३ मिनेटमा ४ गोल खाएको हो। युएईका लागि अहमद हुसैनले दुई, मोहम्मद अलाकाबरी, खालिद अब्दुल रहिमले एक–एक गोल गरेका छन्। हुसैनले ८ र २० मिनेटमा गोल गरेका थिए। अलाकाबरीले २३ मिनेटमा र ३३ मिनेटमा खालिद अब्दुल रहिमले गोल गरेका छन्।