नेपालले युएईविरुद्ध दोस्रो हाफमा पनि थप एक गोल खाएको छ। ६० मिनेटको खेल समाप्त हुँदा नेपाल ५–० गोलले पछाडि परेको छ।
एएफसी युथ–२३ छनोटअन्तर्गत हाल युएईको घरेलु मैदानमा खेल भइरहेको छ। युएईका लागि पाँचौ गोल मोहम्मद रसिदले गरेका छन्। उनले ६० मिनेटमा गोल गरेका थिए। यसअघि पहिलो हाफमा अहमद हुसैनले दुई, मोहम्मद अलाकाबरी, खालिद अब्दुल रहिमले एक–एक गोल गरेका थिए। हुसैनले ८ र २० मिनेटमा गोल गरेका थिए। अलाकाबरीले २३ मिनेटमा र ३३ मिनेटमा खालिद अब्दुल रहिमले गोल गरेका थिए।