पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको मुद्दामा सर्वोच्च अदालतबाट प्रदेशसभा सचिव दोषी ठहर भएपछि उपसचिव गौतमराज अमात्य सभाको कायममुकाय सचिव भएका छन्।
प्रदेश सभाको प्रवक्ताको जिम्मेवारीमा रहेका अमात्यलाई सभामुख अम्बरबहादुर विष्टले अमात्यलाई कायममुकायम सचिवको जिम्मेवारी दिएका हुन्।
बिहीबारको प्रदेश सभा बैठकमा सचिवको आसनमा अमात्यले जिम्मेवारी निर्वाह गरेका थिए।
काठमाडौंको स्थानीय विकास अधिकारी हुँदा पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको मुद्दामा सर्वोच्च अदालतले बुधबार सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको थियो। उनलाई ६ वर्ष कैद र १ करोड २२ लाख रूपैयाँ हुने फैसला भएको छ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको थियो।
निजामति सेवाबाट अवकास लिएपछि उनी १ प्रदेश सभाको सचिव नियुक्त भएका थिए। ९ वैशाख २०८१ देखि लागु हुने गरी दोस्रो कार्यकालका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका उनी पुनरावलोकनमा जाने भन्दै काठमाडौं गएका छन्।