वीरगन्जको ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते भएका दुई जनालाई काठमाडौं ल्याइएको छ।
बुधबार बिहान भएको ग्यास उद्योग आगलागीमा घाइते भएका सञ्जीव नेपाल र अरुण महतोलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो
घाइतेमध्ये महतोको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा र नेपालको कीर्तिपुर् अस्पतालमा उपचार भइरहेको छ।
दुबै घाइतेलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको हो।
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ स्थित सुपर ग्यास उद्योगमा बिहान ७ बजे भएको आगलागीमा परी दुई जना वीरगन्ज महानगरपालिकाको दमकलका कर्मचारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
आगालागी नियन्त्रणका लागि भारतको रक्सौलबाट दमकल ल्याएर आगो निभाउने प्रयास गरिरहेको छ। यद्यपी आगो अझै नियन्त्रणमा आएको छैन।