बैतडीको मेनौली नगरपालिका ९ रोकटामा चितुवाको आक्रमणबाट १८ महिने बालक घाइते भएका छन्।
स्थानीय मान बहादुर चन्दका छोरा गणेश चितुवाको आक्रमणबाट घाइते भएका हुन्। घाइते बालकको उपक्षेत्रीय अस्पाल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय वैतडीले जनाएको छ।
सोमबार साँझ ८ बजे आमाको काखमा बसेर दुध खाइरहेका बालकलाई चितुवाले आक्रमण गरेको थियो। आमा सकुशल रहेको प्रहरीले जनाएको छ।