कैलालीमा सुन-चाँदीका गहनासहित दुई जना पक्राउ परेका छन्।
बुधबार मध्याह्न साढे १२ बजे टीकापुर नगरपालिका-१ गणेशपुर शिविरस्थित एक घरबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २५ वर्षीय सुजन शाही र कैलाली लम्कीचुहा नगरपालिका-४ बस्ने ३४ वर्षीया रम्भा जैशी छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय टिकापुरबाट संयुक्त टोली खटिएको थियो।
उक्त टोलीले ५० ग्राम चाँदीको सिक्का, हिरा र सुनका औंठी, सिक्री, झुम्का, बिछिया, माला, टप, झुम्का, लगायत गरगहना फेला पारेको हो।
उनीहरूबाट १३ हजार नगद र एउटा बाइक पनि बरामद गरेको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय टिकापुरमा राखेर अनुसन्धान अघि बढाएको छ।