काठमाडौंको टेकु दोभानमा पौडी खेल्नेक्रमा एक जना बालक बेपत्ता भएका छन्।
शनिबार दिउँसो २ बजेतिर काठमाडौं-२७ टेकु दोभानको वंशिघाटस्थित बागमती नदीमा पौडी खेल्नेक्रममा एक जना बालक बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार सोही ठाउँमा बस्ने ८ वर्षीय सुदिप गौतम बेपत्ता भएका हुन्।
सुदिपको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज खटिएको छ।
सुदिप आइतबारसम्म पनि फेला पर्न सकेका छैनन्। उनको खोजी भइरहेको डिएसपी थापाले बताए।