साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरू भएको छ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच फाइनल खेल सुरू भएको छ।
खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका छन्। रंगशालामा आज साँझ साढे ६ बजेदेखि खेल सुरू भएको हो।
त्यस्तै, दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रंगशाला पुगेका छन्।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ/ सेतोपाटी