जर्गेन क्लोपको सयौं खेलमा वाटफोर्डले लिभरपुललाई ३–३ गोलको बराबरीमा रोकेको छ। बार्सिलोनाले आँखा लगाएको ब्राजिलियन प्लेमेकर फिलिप काउटिन्हो ढाडको समस्याका कारण शनिवार अनुपस्थित रहेको खेलमा लिभरपुललाई वाटफोर्डले अंक बाड्न बाध्य बनायो।
निर्धारित ९० मिनेटसम्म ३–२ ले अग्रता बनाएको लिभरपुलविरुद्ध घरेलु टोलीका मिगुल ब्रिटोसले थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा बराबरी गोल गरे। यसअघि स्टेफानो ओकाकाको हेडिङ गोलको सहयोगले वाटफोर्डले ८ मिनेटमा पहिलो गोलको अग्रता लिएको थियो।
तर, त्यो अग्रता लामो समय टिकेन्। साडियो मानेले २९ मिनेटमै गोल फर्काए। लिभरपुलविरुद्ध पहिलो हाफमा वाटफोर्डले २–१ को अग्रता बनाएको थियो, जब ३२ मिनेटमा अब्दुल्या डोकुरेले गोल गरे।
पहिलो हाफको नतिजालाई उल्ट्याएको लिभरपुलले रोबेर्टो फिरमिनो र मोहमेद सालहाको गोलको सहयोगले अग्रता बनाएको थियो। फिरमिनोले ५५ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। ५७ मिनेटमा सालहाले अर्को गोल थपेका थिए।