गायक शिरीष देवकोटा र गायिका समीक्षा अधिकारीको स्वरमा 'गोली बारूद' बोलको गीत सार्वजनिक गरिएको छ।
नयाँ वर्ष २०८२ को अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत शिरीषकै छ। संगीत संयोजनको काम सुनिल परियारले गरेका छन्।
मायाप्रेममा आधारित रहेर तयार गीतको भिडिओमा मन पराएको युवतीलाई फकाउन गरेको प्रयन्तलाई देखाइएको छ।
भिडिओमा मोडल गीता ढुंगानासँग गायक शिरीष स्वयंले अभिनय तथा नृत्य गरेका छन्।
यसको निर्देशक जेरी भण्डारी हुन्। भिडिओमा दीपक गिरी र टिमको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ।
भिडिओः