'गुन्यु चोली पटुकी' बोलको गीत सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक गीतका शब्द एआइजी दानबहादुर कार्कीले लेखेका हुन्। पछिल्लो समय गीत लेखनमा समेत सक्रिय कार्कीको यो गीतमा बाल गायिका अनुजा कडरियाले स्वर दिएकी छन् भने बसन्त सापकोटाको संगीत छ।
यसको भिडिओमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन्। नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआइजी कार्कीले बताए।
'गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न अंग हुन्। हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो,' उनले भने, 'गीतमा अभिव्यक्ति विषयले म मेरो देशप्रति गर्व गर्छु, मेरो भेषभुषाप्रति गर्व गर्छु भन्ने सन्देश बोक्न खोजेको छ। गीतले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउने र आफनो संस्कृति र भेषभुषाप्रति गौरव महशुस गराउन भूमिका खेल्न सक्छ।'
पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडिओ निर्देशन किरण थापाले गरेका हुन्। एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा 'दसैं–तिहार' बोलको गीत ल्याएका थिए।
भिडिओः