अपी हाइड्रोपावरले गरेको लाभांश प्रस्ताव नियामक निकाय विद्युत नियमन आयोगले रोक्का गरेको छ।
कम्पनीले सेयर वा अन्य लगानी सम्पत्ति बिक्री नगरी हालको बजार मूल्यको आधारमा देखिएको कागजी नाफालाई नाफा नोक्सान हिसाबमा देखाएर लाभांश प्रस्ताव गरिएको भन्दै रोक्का गरिएको हो।
'पछिल्लो इफरिक १२ सिद्धान्त अनुसार बजार मूल्यको आधारमा देखिएको नाफालाई पनि नाफा नोक्सान हिसाब खातामा देखाउन नपाइने होइन,' चार्टर्ड एकाउन्टेन्ट अरुण राउतले भने, 'तर, लाभांश बाड्नलाई भने नियामकहरूले रोक्नु नै पर्छ, जसको नियामक छैन त्यस्तो कम्पनीको सञ्चालक समिति वा धितोपत्र बोर्डले रोक्नुपर्छ।'
कम्पनीले गत आर्थिक वर्ष अन्त्यमा २४ करोड १२ लाख रूपैयाँ बराबर रकम बजार मूल्यको आधारमा नाफा रहेको विवरणमा उल्लेख गरेको थियो।
कम्पनीको खुद नाफा भने ४५ करोड ६५ लाख रूपैयाँ रहेको थियो। कम्पनीले ९.४७ प्रतिशत लाभांशको प्रस्ताव गरेको थियो।
यो पनि:
विद्युत उत्पादन नै नथालेका जलविद्युत कम्पनी कसरी देखिन्छन् नाफामा?