नेपालले एएफसी युथ–२३ च्याम्पियनसिपको छनोटमा समग्रमा ९ गोल खादै समूह ‘डी’ को पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ।
आयोजक युनाइटेड अरब इमिरेट्स(युएई) सँग ५–० र उज्वेकिस्तानसँग २–० को पराजय भोगेको नेपाल आफ्नो अन्तिम खेलमा लेबननसँग पनि २–० ले पराजित भयो।
विहिबार बिहान करिब १ बजे सम्पन्न खेलमा लेबननले नेपालमाथि २–० को रवाफिलो जित दर्ता गरायो। नेपालले यो प्रतियोगितामा एउटा पनि गोल विपक्षी टोलीविरुद्ध गर्न सकेन्।
युएईको अल अइनमा सम्पन्न खेलमा नेपालविरुद्ध लेबननले खेल सुरु भएको २८ मिनेटमा पहिलाे गोल गरेको थियो। दोस्रो गोल लेबननले निर्धारित ९० मिनेटमा गर्या। यी दुवै गाेल हसन काैरानीले गरेका थिए। नेपाली कप्तान विमलले पहिलाे हाफकाे ४७ मिनेट र अनन्त तामाङले ५८ मिनेटमा पहेँलाे काड पाएका थिए।
छनोट प्रतियोगिताअन्तर्गत तीनवटै प्रतिद्वन्दी युएई, उज्वेकिस्तान र लेबननका खेलाडीहरुको अनुपातमा नेपाली खेलाडीको फिटनेशदेखि खेल शैली सबै कमजोर देखियो।