नेपाली ब्याट्सम्यानलाई अफगानिस्तानका मध्यगतिका तीब्र बलर नवीन उल–हकको बल खेल्न अफ्ठेरो भएपछि नेपालको अवस्था दयनीय बन्न पुगेको छ। हकले ह्याट्रिकसहित ४ बलमा ४ विकेट लिएपछि नेपालले २२ ओभरमा ८ विकेट गुमाएर ४३ रन मात्र बनाएको छ। यसअघि पहिलो ब्याटिङ गरेको अफगानिस्तानले सबै विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो।
हकले आफ्नो तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी(४) लाई क्याच आउट, प्रनित थापामगर(०) लाई तेस्रो ओभरको पाँचौ बलमा बोल्ड र तेस्रो ओभरको छैटौं बलमा अनिल शाह(०) लाई एलबिडब्लुको धरापमा पार्दै ह्याट्रिक पुरा गरेका थिए।
उनले चौथो ओभरको पहिलो बलमा पनि आदील खान(४) लाई क्याच आउट गराएका थिए। उनले ४ ओभरमा १ मेडनसहित ४ विकेट लिएका छन्।
१७ वर्षीय हकले अफगानिस्तानको एकदिवसीय टोलीबाट २ वटा खेल बंगलादेशविरुद्ध १० महिना अगाडि खेलेका थिए।