इङ्ल्यान्डको महिला क्रिकेट टिमले विश्व कपमा कब्जा जमाएको छ। आइतबार राती लर्डसमा भएको फाइनलमा भारतलाई ९ रनले पराजित गर्ने क्रममा इङ्लिस महिला टोलीले विश्व कपको उपाधि जितेको हो।
इङ्ल्यान्डले पहिलो ब्याटिङ गर्ने क्रममा ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो। जवाफमा भारत ४८ दशमलव ४ ओभरमा २ सय १९ रन बनाउँदै अल आउट भयो।
इङ्ल्यान्डले पहिलो इनिङमा दिएको २ सय २९ रनको चुनौतीलाई पछ्याउने क्रममा ३ विकेटको क्षतिमा भारतले १ सय ९१ रन बनाइसकेको थियो र ऊ जितको नजिक पनि थियो। तर, २८ रन जोड्ने क्रममा पछिल्लो ७ विकेट चाँडै गुमाएपछि भारतले हार स्विकार गर्यो।
भारतका लागि पुनम राउतले सर्वाधिक ८६ रन बनाइन्। इङ्ल्यान्डका लागि नाट्लिया सेभरले ५१ रन बनाएकी थिइन्। भारत २००५ मा पनि फाइनल पुगेर हारेको थियो। फाइनलमा पराजित भएपनि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले उत्कृष्ट प्रदर्शनका लागि भारतीय महिला खेलाडीलाई फाइनल अगाडि नै जनही ८० लाख रुपैयाँ पुरस्कारस्वरुप प्रदान गर्ने बताइसकेको छ।