युरोपियन क्लब फुटबलको नयाँ सिजनअगाडि अमेरिकामा भइरहेको विश्व उत्कृष्ट क्लबहरुबीचको खेलमा आइतबार राती म्यानचेस्टर युनाइटेडले पेनाल्टी सुटआउटमा रियल म्याड्रिडलाई २–१ गोलले पराजित गरेको छ।
युरोपियन सुपर कपको उपमा दिइएको यो प्रतियोगितामा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुँगिएपछि पेनाल्टीबाट निर्णय भएको थियो। जसमा रियलका स्टार ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक पेनाल्टी गोल पोस्टको माथिल्लो बारमा हानेपछि म्यानचेस्टर विजयी भयो। दुवैतर्फबाट गरी १० पेनाल्टी हानिएकोमा ७ पेनाल्टीमा गोल हुन सकेन्।
यसअघि कोमिरोको पेनाल्टी गोलकै कारण निर्धारित समयमा रियलले खेललाई १–१ गोलको बराबरीमा ल्याएको थियो। पहिलो गोलको अग्रता म्यानचेस्टरले बनायो। एन्थोनी मार्सलको उत्कृष्ट ड्रिब्लिङमा जेसे लिङ्गार्डले गोल गर्दै पहिलो हाफको ४६ मिनेटमा म्यानचेस्टरलाई अग्रता दिलाएका थिए। तर, ६८ मिनेटमा थियो हर्नान्डेजले अगाडि बढाएको बलमा ३ करोड १० लाख पाउण्डमा भर्खरै म्यानचेस्टर प्रवेश गरेका डिफेन्डर भिक्टोर लिन्डेलोफले डिबक्स भित्र खराब ट्याकल हानेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो। जसलाई कासेमिरोले गोलमा परिणत गरे।
रियल स्टार क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा वेल्स स्ट्राइकर गारेथ वेल मैदानमा उत्रिँएका थिए।