राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा मंगलबार दिउँसो खबरदारी सभा गरेको छ।
व्यवस्था र अवस्था बदलौं, भ्रष्टाचार र कुशासनविरूद्ध भन्दै राप्रपाले प्रदर्शन र सभा गरेको हो।
खबरदारी सभालाई राप्रपाका नेताहरूले सम्बोधन गरेका छन्।
खबरदारी सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की लगायतले सम्बोधन गर्नेछन्।
यो भिडिओ लिँदा राप्रपाको खबरदारी सभा सुरू भइसकेको थियो। मञ्चबाट प्रवक्ता ज्ञानेन्द्र शाहीले बोलिरहेका थिए।
राप्रपाले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा अध्यक्ष लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको थियो। जसअनुसार मंगलबार बागमती प्रदेशस्तरीय प्रदर्शन र सभा भएको हो।
राप्रपाले वैशाख ७ गतेदेखि काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलन गर्ने बताएको छ।
भिडिओ: