काठमाडौंमा सुनका गरगहना चोरी गर्ने र किन्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित एक घरको कोठाबाट सुन र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका तीन जनालाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा चोरी गर्ने काठमाडौं बसन्तपुर बस्ने नरेन्द्र देउला, सोही चोरीको सामान किन्ने कोमलबहादुर कार्की र जागिर मालिक छन्।
उनीहरूबाट करिब १४ लाख बराबरको चोरीका सामान बरामद भएको परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिए।
प्रहरी वृत्त स्वयम्भूले घटनाको थप अनुसन्धान अघि बढाएको छ।