चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।
घाँस काट्न गएका खैरहनी-१३ गवैका ६८ वर्षीय पदमबहादुर राना मगरको बाघले आक्रमण गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
बिहान ७ बजे सँगै घाँस काट्न गएका व्यक्तिलाई बाघले आक्रमण गरेपछि प्रत्यक्षदर्शीले खबर गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए।
निकुञ्जको टोली, प्रहरीले खोजी गर्दा पौने ३ बजेतिर मगर मृत भेटिएका हुन्।