डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख (डिएफओ) अमरप्रसाद शाहमाथि कार्यकक्षमा कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको भेरी नगरपालिका–७ का विराजन शाहीलाई पक्राउ गरेको प्रहरी निरीक्षक हरिराम डाँगीले बताए।
पक्राउ परेका शाही नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई शुक्रबार बिहान ६ बजे नलगाड नगरपालिका-१० रावत गाउँबाट पक्राउ गरेको हो।
पक्राउ परेका शाहीलाई आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत जाजरकोटबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
शाहमाथि शाहीसहितको समूहले कार्यकक्षमा गएर कुटपिट गरेका थिए।
यो पनि: कार्यकक्षमै कुटिए डिभिजन वन कार्यालयका प्रमुख