एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ।
विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्धको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ।
गत साउन ९ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी आज सम्पन्न भएको हो।
यस पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म ब्रतालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजाअर्चना गर्ने प्रचलन छ।
दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोचारण गरेर मठ, मन्दिर, चैत्य, बिहार परिक्रमा गर्ने गरिन्छ। गुँला पर्व भक्तपुर, काठमाडौं, ललितपुर, कीर्तिपुर, मध्यपुरथिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ।
तस्बिरहरूः
-ink-1756012443.jpeg)
-ink-1756012442.jpeg)
-ink-1756012442.jpeg)
-ink-1756012441.jpeg)
-ink-1756012441.jpeg)
-ink-1756012440.jpeg)
-ink-1756012440.jpeg)
-ink-1756012438.jpeg)
-ink-1756012439.jpeg)
-ink-1756012439.jpeg)
-ink-1756012439.jpeg)
-ink-1756012438.jpeg)
-ink-1756012438.jpeg)
-ink-1756012437.jpeg)
-ink-1756012437.jpeg)
-ink-1756012436.jpeg)
-ink-1756012436.jpeg)
-ink-1756012435.jpeg)
-ink-1756012435.jpeg)
-ink-1756012435.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।