युथ विश्व कपमा नेपाललाई दोस्रो पल्ट अफगानिस्तानले छनोट हुन बाट रोकेको छ। सन् २००९ मा भएको छनोटमा नेपाललाई सेमिफाइनलमा अफगानिस्तानले ६ विकेटले पराजित गर्दै पहिलो पल्ट युथ–१९ विश्व कपमा प्रवेश हुनबाट रोकेको थियो।
मंगलबार सिङ्गापुरमा लिग चरणको दोस्रो खेलमा अफगानिस्तानले ९६ रनले पुनः नेपाललाई पराजित गर्यो। यो हारसँगै नेपाल दोस्रो पल्ट विश्व कप छनोटबाट बाहिरिएको हो।
नेपाल सन् २००० मा पहिलो पल्ट युथ–१९ विश्व कपमा समावेश भएको थियो। १७ वर्षको अवधिमा नेपाली टोली ७ पल्ट युथ विश्व कपमा समावेश भइसकेको छ। यस अवधिमा ३ पल्ट नेपाल छनोट हुन सकेको थिएन्।
सन् २०१३ मा पनि नेपाल विश्व कपमा छनोट हुन सकेको थिएन्। यतिबेला नेपाल सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग ७६ रनले पराजित गर्दै छनोटबाट बाहिरिएको थियो। यतिबेला युएई आयोजक भएको हुनाले नेपाल प्लेअफमार्फत छनोट हुने ठूलो सम्भावना थियो। तर, मलेसियासँग पनि प्लेअफमा नेपाल पराजित हु्ँदै छनोटबाटै बाहिरियो।
विश्व कपमा छनोटसन् २०००, २००२, २००४, २००६, २००८, २०१२, २०१६
विश्व कपमा छनोट हुन नसकेकोसन् २०१०, २०१४ र २०१६