१० महिनाअगाडि ५ वर्षका लागि क्लबसँग सम्झौता नवीकरण गरेर फ्रेञ्च क्लबमा आवद्ध भएको भन्दै नेइमारको स्थानान्तरणलाई बार्सिलोनाका समर्थकले विश्वासघातको रुपमा अथ्र्याएका छन्।
फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) मा आवद्ध हुन बुधबार पोर्चुगलको पोर्टो उडेपछि नेइमारको अहिले क्याटलान शहरमा ठूलो विरोध भएको छ। उनलाई क्याटलानवासीले धोकेवाजको संज्ञा दिएका छन्।
नेइमारले बार्सिलोना छोडेको समाचार सार्वजनिक भएपछि चोक तथा गल्लीमा उनको विरोधमा पम्प्लेट टाँसेका छन्। पम्प्लेटमा लेखिएको छ, ‘आवश्यकताः विश्वासघाती र ज्यालादारी कामदार’
नेइमारका लागि पिएसजीले २६ अर्ब ६४ करोड रुपैयाँ तिर्न राजी भएपछि उनी बुधबार मेडिकल चेकअपका लागि पोर्टो उडेका थिए। शुक्रबार उनी पेरिस पुगेर सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।