विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन(पिएसजी) क्लबमा स्थानान्तरण भएका ब्राजिलियन स्ट्राइकर नेइमारको जर्सी खरिद गर्न फ्रान्सको राजधानी पेरिसमा उनको समर्थकको लामो लाइन लागेको छ।
नेइमारलाई २६ अर्ब ८६ करोड रुपैयाँमा फ्रेन्च क्लबले बार्सिलोनाबाट खरिद गरेको थियो। क्लबसँग उनको अनुबन्ध सम्झौता शुक्रबार भएको थियो। पिएसजीसँग सम्झौता गर्न विहिबार बिहान बार्सिलोनाको अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो नीजि बिमानमा उडेका थिए। यतिबेला उनका बुवा पनि उनीसँग थिए।
नेइमार बार्सिलोनाबाट उड्न लाग्दा उनको बिदाईका लागि पहिले नै केही समर्थक विमानस्थलको टर्मिनल बाहिर बसेका थिए। केही समर्थकले उनको हस्ताक्षर मागेका थिए।
नेइमार पेरिस आउने खबरले उत्साही बनेका पिएसजीका समर्थकहरु उनको नयाँ जर्सी खरिद गर्न बिहानदेखि इलियासेस रंगशालाको बाहिर लाइनमा बसेका थिए। नेइमारलाई उनका अग्रज राेनाल्डिन्हाे जस्तै १० नम्बरको जर्सी दिने पक्का भईसकेकाे छ। पेरिसमा उनकाे जर्सी खरिद गर्न अाएका उनका समर्थक बार्सिलोनाकाे ११ नम्बर जर्सीमा पनि देखिएका थिए। नेइमारको सोशल मिडियामा ७ करोड ९० लाख फलोअर रहेका छन्।