राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन केन्द्रीय सदस्यले पार्टी फुटाउन पशुपति राणाले आफ्नो फर्जी हस्ताक्षर प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। मंगलबार निर्वाचन आयोगमा पुगेर केन्द्रीय सदस्य सविना कुमारी सिंह, भिमसेन गुरुङ र प्रल्हादप्रसाद साहले साउन २२ गते राणाले दल विभाजनका लागि समर्थन गर्नेमध्ये सूचीमा राखेको आफ्नो नाम हटाउन निवेदन दिएका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यसअघि पनि राणाले २२ गते निवेदन दिएपछि गुरुङ साउन २२ गते, साह ३० र सिंह ३१ गते आयोगमा गई आफ्नो हस्ताक्षरको दुरुपयोग भयो भनेर जानकारी गराएको बताए।
तर सोमबार सर्वोच्च अदालतले राणाले २२ गते बुझाएको हस्ताक्षरलाई नै आधार मानी उनको दल दर्ता गर्न आदेश दिएपछि उनीहरुले आज फेरि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।